कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



हाम्रो इकोनोमि

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्को बैठक बोलाइने बताइएको छ ।

निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...