प्रदेश प्रमुख र राजधानी तोकियो (हेर्नुस सुची)



हाम्रो इकोनोमि

सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा, २ नम्बर प्रदेश प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ को उमाकान्त झा, ६ को दुर्गाप्रसाद खनाल र ७ को मोहनराज मल्ललाई तोकिएको छ। मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ।

अर्थमन्त्री कार्कीका अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानीमा विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ।

अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...