राधीको आइपिओ बाँडफाँडः ७११०२ जनाले पाए १० कित्ता शेयर



हाम्रो इकोनोमि

सर्वसाधारण समूहमा जारी गरिएको राधी बिद्युत कम्पनीको प्राथमिक सेयर बाँडफाँड भएको छ।

बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले एक कार्यक्रमकाबीच आइपिओ बाँडफाँड गरेको हो। आवेदन भरेकामध्ये आधा भन्दा धेरैको हात रित्तो भएको छ। बिक्री प्रवन्धकका अनुसार ९५ हजार २१४ आवदेकले कम्पनीको कत्ति पनि सेयर पाएनन्।

कुल एक लाख ६६ हजार ३१७ जनाले आवेदन गरेकोमा ७१ हजार १०२ आवेदकले दश कित्ता र एक आवेदकले ११ कित्ता पाएका छन्। आवेदन दिएकामध्ये १ हजार ३२७ जनाको रद्द भएको कम्पनीले जनाएको छ।

सदर भएकामध्ये गोलाप्रथाबाट १० र ११ कित्ता पर्नेको छनौट गरिएको थियो।

कम्पनीले सर्वसाधारणतर्फको ७ लाख ६४ हजार ५५० कित्ता सेयर निश्कासन गरेकोमा कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याएर बाँकी ७ लाख ११ हजार ३१ कित्ता सर्वसाधारणलाई दिइएको छ।

सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...