राधीको आइपिओ बाँडफाँडः ७११०२ जनाले पाए १० कित्ता शेयर



हाम्रो इकोनोमि

सर्वसाधारण समूहमा जारी गरिएको राधी बिद्युत कम्पनीको प्राथमिक सेयर बाँडफाँड भएको छ।

बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले एक कार्यक्रमकाबीच आइपिओ बाँडफाँड गरेको हो। आवेदन भरेकामध्ये आधा भन्दा धेरैको हात रित्तो भएको छ। बिक्री प्रवन्धकका अनुसार ९५ हजार २१४ आवदेकले कम्पनीको कत्ति पनि सेयर पाएनन्।

कुल एक लाख ६६ हजार ३१७ जनाले आवेदन गरेकोमा ७१ हजार १०२ आवेदकले दश कित्ता र एक आवेदकले ११ कित्ता पाएका छन्। आवेदन दिएकामध्ये १ हजार ३२७ जनाको रद्द भएको कम्पनीले जनाएको छ।

सदर भएकामध्ये गोलाप्रथाबाट १० र ११ कित्ता पर्नेको छनौट गरिएको थियो।

कम्पनीले सर्वसाधारणतर्फको ७ लाख ६४ हजार ५५० कित्ता सेयर निश्कासन गरेकोमा कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याएर बाँकी ७ लाख ११ हजार ३१ कित्ता सर्वसाधारणलाई दिइएको छ।

सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...