नारायणगढ–मुग्लिन सडक आजबाट राति ६ घण्टा बन्द हुने



हाम्रो इकोनोमि

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।

माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो ।

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो । “आज राति १० बजेदेखि बन्द गरेर भित्तो काट्ने काम शुरु हुने भएकाले सो समय नपर्ने गरी समय मिलाएर हिँड्न सवारी चालकलाई आग्रह गर्दछु”, यादवले भन्नुभयो, “मिलेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गर्छु ।”

यसअघि यही पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । आयोजनाले रातिमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता भएको बताएको छ ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्को निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने बताउनुभयो ।

गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...