नेप्से दोहोरो अंकले घट्दा ३६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.३९ अंकले घटेर १४१३.७१ अंकमा झरेको हो।

मंगलबार १५४ कम्पनीका ८लाख ११ हजार कित्ता सेयर ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम गत आइतबारकोे तुलनामा ४ करोड बढी हो ।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक १२.३, ट्रेडिङ २.८७, होटल ५.२७, विकास बैंक १५.९८, जलबिद्युत १००.०८, फाइनान्स ३.९२, फाइनान्स ३.९२, बीमा ८८.०६, उत्पादनमुलक ३.३४, अन्य ९.१६ र लघुवित्त १७.७ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी नबिल प्रगति फण्डका सेयरधनीले करिब पाँच प्रतिशत कमाए। सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...