राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिनुभयो ।

“विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उहाँले भन्नुभयो, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु ।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश धामीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को रु आठ लाख सहयोग र रु १३ लाख आयोजकले व्यवस्थापन गरेर प्रतियोगिता भएको कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोकुल बोहराले जानकारी दिनुभयो । प्रतियोगिता शुरु हुनुअघि भीमदत्तनगरमा प्रभावफेरी आयोजना गरिएको थियो । पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १७५ पुरुष तथा महिला प्रतियोगी रहेको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...