अँगालोमा बाँधिएर हिड्ने जोडी बिच छुरी हानाहान



हाम्रो इकोनोमि

छरछिमेकमा कसैको प्रेमको चर्चा हुन्थ्यो भने राम र सुनिताकै हुन्थ्यो।
बिहान काम गर्न जाँदा उनीहरु अँगालोमा बाँधिएर छुटिन्थे। बेलुका सँगसँगै जस्तो डेरा फर्कन्थे।

राम तामाङ र सुनिता तामाङको यो लोभलाग्दो जोडीको प्रशंसा गर्नेहरु चमतीमा कम थिएनन्। काभ्रेको कामीडाँडा घर भई काठमाडौंको चमती बस्दै आएका उनीहरुबीच ६ महिनाअघि मात्र प्रेम विवाह भएको थियो। ज्यामी काम गर्दै दु:खसुख उनीहरुको जीवन चलिरहेकै थियो।

बिहान जति खुसीसाथ उनीहरु छुट्टिएर काममा निस्कन्थे, बेलुकाको माहोल भने अलि भिन्न हुन्थ्यो। डेरामा आएपछि सँगै बसेर मदिरा पिउँथे र त्यसपछि झगडा सुरु गर्थे।

केही हप्तायता त उनीहरुबीचको झगडा टोलभरि सुनिने गरी फैलिइसकेको थियो। कुटाकुट हुँदा उनीहरु घाइते पनि भएका थिए। तर, बिहान हुनासाथ बेलुकाको झगडा बिर्सन्थे। ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ न हो, प्रेम उसैगरी अँकुराइहाल्थ्यो। अँगालोमा बाँधिन्थे र कामतिर जान्थे।
सोमबार पनि कामबाट फर्किएपछि दुवै जनाले उसैगरी मदिरा पिए, जसरी अन्य दिन पिउने गर्थे। झगडा भयो, कुटाकुट भयो। तर, मदिराको नशामा सुनिता यति आवेगमा आइन् कि नजिकैको छुरामा उनको हात पुग्यो। त्यही छुरा टिपेर रामलाई प्रहार गरिन्।

राम भुक्लुक्क ठले, उठेनन्।
‘मेरो राजा’ भन्दै उनी पानी पिलाउन लागिन्। यतिन्जेलमा राम बेहोस भइसकेका थिए। अत्तालिएकी सुनितालाई अस्पताल लैजानुपर्छ भन्ने होसै आएन। हत्त न पत्त डल्लु बस्ने बुबाको डेरामा पुगिन् र लिएर आइन्। तर राम त कहिल्यै नउठ्ने गरी ढलेका रहेछन्।

सोमबार बिहान ४ बजे प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाको प्रमुख कारण देखाइएको छ- मदिरा।
श्रीमान्-श्रीमतीबीचको झगडा चर्कंदा मदिराको सुरमा सुनिताले श्रीमान्‌को हत्या गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

‘मदिरा नै घटनाको प्रमुख कारण देखियो,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी किशोर श्रेष्ठले भन्छन्, ‘पक्राउ परेकी महिला अहिले रोएरै मात्र बसेकी छिन्।’
उनीहरुको यो दोस्रो विवाह थियो। विवाहित दुवैबीच प्रेम झाँगिदै गएपछि पहिलेका पति-पत्नी नै छाडेर जीवनको अर्को अध्याय सुरु गरेका थिए। तर यो अध्यायको जीवन-कहानी अपत्यारिलो तरिकाले सुरुमै अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...