आजबाट विकास बैंकको ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर लिलामीमा



हाम्रो इकोनोमि

सिन्धु विकास बैंकले हकप्रदमा अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको छ । बैंकले माघ २ गतेदेखि १० गतेसम्म लिलाम बढाबढमा उक्त सेयर विक्री गर्न लागेको हो ।

बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म ८० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलामी बढाबढमा विक्री गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखराको चिप्लेढुङ्गाबाट लिलामी आवेदन गर्न सक्नेछन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट समेत लिलामी भर्न सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

२६ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालू आवको प्रथम त्रैमासमा १० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी एक रुपैयाँ ६८ पैसा कायम गरेको छ । हकप्रद पूँजीकरणपछि बैंकको पूँजी ४७ करोड १९ लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...