२३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता : ८ टिम सहभागी, जम्मा ७ खेल हुने



हाम्रो इकोनोमि

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ।

पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा हुने एन्फाले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी कूल ८ टोलीको सहभागिता रहेको छ।

सिधै नकआउटकाआधारमा हुने प्रतियोगितामा पहिलो खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छन्।

यसरी हेर्दा ८ टोली सहभागि प्रतियोगितामा फाइनल समेत गरी जम्मा ७ खेल हुनेछ। पहिलो चरणका खेल जित्ने ४ टिम सेमिफाइनलम प्रवेश गर्नेछन्।

उद्घाटन खेल माघ २ गते मध्यपश्चिम क्षेत्रिय टिम र सशस्त्र प्रहरी बलको एपीएफ बीच हुनेछ। २ गते नै मध्यमाञ्चल र सुदूरपश्चिम क्षेत्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ।

मध्यपश्चिम र एपीएफबीचको विजेताले सेमिफाइनलमा नेपाल पुलिस र पश्चिमात्र्चल क्षेत्रिय टिमबीचको विजेतासँग खेल्नेछ। मध्यमाञ्चल र सुदूर पश्चिमबीचको खेलको विजेताले पूर्वाञ्चल आर्मीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतियोगिताका लागि प्रत्येक टिमले १८ खेलाडी दर्ता गर्न सकिने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...