यी हुन् ‘रअ’को एजेन्ट बनाउने भन्दै काठमाडौैंमा तीन सय युवालाई ठगी गर्ने रमाकान्त



हाम्रो इकोनोमि

भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई एक व्यक्तिले काठमाडौंका तीन सय भन्दा धेरै युवाहरुलाई ठगी गरेका छन्। मासिक ५० हजार भारु तलब हुने गरी रअको एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गरिएको हो।

ठगी गर्ने सप्तरीका रमाकान्त नौनियालाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार जागिर लगाइदिएवापत ४ महिनाको तलब आफुलाई दिनुपर्ने भन्दै उनले ठगी गरेका हुन्।
नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए। भारतीय दुतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो।

पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए। हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सय भन्दा धेरै व्यक्तिहरुलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए।
अभियुक्त नोनिया बैदेशिक रोजगारीमा कुबेत पुगेर फर्किएका व्यक्ति हुन्। उनलाई ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...