हेटौँडा सिमेन्टको भाउ बोरामा १०३ रुपैयाँले बढ्यो



हाम्रो इकोनोमि

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएको छ। कम्पनीले प्रति बोरा १०० रुपैयाँभन्दा केही बढी मूल्य वृद्धि गरेको हो। उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो। अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ बिक्री मूल्य पुगेको छ। उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ मा बिक्री गर्दै आएको थियो। उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ।

प्रतिबोरा १० रुपैयाँ कमिशन दिँदै आएकामा अब १५ पुर्याएको छ। मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ। ९४० रुपैयाँमा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन्।

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...