नेप्से ९ अंकले ओरालो लाग्दा सबैभन्दा बढी चिलिमेका लगानीकर्ताले कमाए



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार मापक सूचक ९.१९ अंकले घटेर १४३१.१० अंकमा ओर्लिएको छ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएका छन् ।

उपसुचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा दुई समूह बढेका छन् भने सात समूह घटेका छन्। बैंक ८.८, होटल २५.९८, विकास बैंक २०.७९, फाइनान्स ९.७६, बीमा ९७.७९, उत्पादन मुलक ४८.५१ र लघुवित्त २६.३ अंकले घटेका छन्। जलाबिद्युत ५५.३७ र अन्य ३.६६ अंकले बढेका छन्।

झण्डै दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन यस हाइड्रोका लगानीकर्ताले करिब ७ (अर्थात ६.९५)प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीका सेयर मूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । उता सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी (अर्थात ६.२९ प्रतिशत) गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...