संखुवासभाको मकालु गाँउपालिकामा गाडी दुर्घटना, गाँउपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु



हाम्रो इकोनोमि

काठमाडौं, पुस ३० । संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष र सूचना अधिकारीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । माघेसंक्रान्तिका लागि भोटखोला जाँदै गरेका अध्यक्ष खड्ग कटुवालसहितका यात्रु चढेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

 

माघे संक्रान्तिका लागि बरुण नदीमा नुहाउन हिडेका उनीहरु चढेको गाडी सिम्माटार मिर्गेगैडा भन्ने स्थानमा दुर्घटना भएको हो । मृतकमध्ये गाउँपालिका अध्यक्ष कटुवाल, सोहि गाँउपालिकाका सूचना अधिकारी सुवासचन्द्र कुईकेल, र स्थानीय सुरेश कुमार राईको मात्रै परिचय खुलेको छ । गाडीका चालक र भूकम्प आवास पुर्ननिर्माण कार्यक्रमका दुई जना प्राविधिकको परिचय खुल्न सकेको छैन । दुर्घटनाको स्पष्ट कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...