धनगढी पुगेर प्रधानमन्त्री देउवाले बैककमा रहेका ओलीलाई सराप्दै भने-हेल्लो ओलीजी सत्ता कसलाई सुम्पने?



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठन हुने बताएका छन्।
कैलालीको गोदावरी बाह्र राशि दर्शन मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार छाड्न आफूलाई कानुनी र संवैधानिक जटिलता रहेको बताए।

‘कानुन र संविधान नबुझेर सत्ता हस्तान्तरणको मात्र कुरा गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘निर्वाचनको कुनै दलको पनि बहुमत आएको छैन, संसद् समेत बनेको छैन, कसलाई सत्ता छाड्ने?’

कानुनसम्मत तरिकाले आए आफू सत्ता हस्तान्तरण गर्न तयार रहेको देउवाले बताए।
सर्वदलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा ढिलाइ भएको बताउँदै प्रधानमन्त्री देउवाले अब सहमति नजुटे पनि तीन दिनभित्र सो विषयमा निर्णय गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...