काठमाण्डौको होटलबाट २ महिलासहित २५ जुवाडे पुरुष पक्राउ, ४ लाख बरामद



हाम्रो इकोनोमि

शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल लेन्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिला २५ पुरुष रहेका छन्। उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, एक सय डलर तथा १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले क्यासिनोमा कडाइ गरेपछि मोबाइल जुवा समूह सक्रिय भएको बताइएको छ । प्रहरीका अनुसार यस्तो समूहले दैनिकजसो ठाउँ परिवर्तन गर्दै जुवा खेलाउने गर्छ । ‘पार्टी गर्ने भनेर होटल बुक गर्छन् अनि जुवा खेलाउँछन् । होटल सञ्चालकले पनि पत्तो पाउँदैन,’ एक प्रहरी अधिकृतले भने । उनीहरूले यसका लागि राजधानीका मध्यमस्तरमा होटल रोज्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...