भारतको प्यारो हुन ओली र प्रचण्डको यस्तो सम्मको भेटियो खेल,ओलीले बैककमा रअ प्रमुख संग गोप्य भेट गरेको थाहा पाए पछी प्रचण्डले छोरीलाई दिल्ली जान यसरी चढाए रेल



एमालेका अध्यक्ष केपी ओली बैंककमा रहेका बेला पत्नी सीता दाहालको उपचारका बहानामा आफ्नी छोरी रेणु दाहाललाई भारतसँग सुधार गर्न पठाउन लागेको रहस्य बाहिरिएको छ ।
आफ्नो उत्तराधिकारीका रुपमा रेणुलाई प्रचण्डले अगाडि सार्दै आएका छन् । हरेक महत्वपूर्ण राजनीतिक घटनाहरूमा प्रचण्डले रेणुलाई अगाडि बढाउँदै आएको पछिल्ला गतिविधिहरूले देखाएको छ ।

प्रचण्डकी पत्नी सीता उपचारका लागि आज नयाँ दिल्ली जाँदैछिन् । फलोअपका लागि दिल्ली जान लागेको स्रोतले दाबी गरेको छ । सीतालाई मधुमेहलगायत रोगको समस्या छ । केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । तर, सीता दाहाल बैंकक नगएर छोरी रेणु दाहाललाई लिएर नयाँ दिल्ली उपचार गर्न जान लागेको विषयलाई रहस्यका साथ हेरिएको छ । गंगा दाहाल पनि साथमा रहने छिन् ।

रेणु दाहालले दिल्लीमा रहँदा भारतीय राजनीतिक दलका नेताहरूसँग नेपालको पछिल्लो अवस्थाका बारेमा परामर्श गर्ने छिन् । भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी रेणुलाई अर्को पटक प्रचण्डले प्रतिनिधि सभामा ल्याएर आफ्नो जिम्मेवारी दिने तयारी गरिरहेको स्रोतको भनाइ छ ।
प्रचण्ड आफू भारतको राजधानी नयाँ दिल्ली जाँदा अनेक किसिमका प्रचारबाजी हुने भएकाले छोरी रेणु दाहाललाई सबै कुरा मिलाउन पठाएको बताइएको छ ।

स्वास्थ्य उपचारका लागि थाईल्याण्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको गुप्तचर संस्था ‘र’का प्रमुख अनिलकुमार धसमानासँग भेटवार्ता गरेका छन् । उच्च सुरक्षा सुत्रका अनुसार बुधबार बैंकक गएका ओलीले धसमानासंगै भारतका पूर्व विदेश सचिव जय शंकरसँग समेत भेटवार्ता गरेका छन् ।

विगतमा राम्रै सम्वन्ध भएपनि नेपालमा संविधान जारी भएयता ओली र भारत सरकारबीचको सम्वन्धमा चिसो पसेको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावमा पाएको विजयसंगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने लगभग पक्का भएपछि उनले भारतीय पक्षसंग सम्वन्ध सुधारको प्रयास गरेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र जय शंकरसँगको भेटले दुई पक्षबीचको सम्वन्ध सुधार गर्दै भोलीका दिनमा सहज सहकार्य गर्ने वातावरण बनाउने प्रयास गरेको श्रोतको दावी छ ।उनीहरुबीचको भेटवार्ता शुक्रबार सम्पन्न भएको बताईएपनि अति गोप्य राखिएको छ ।

भारतका नेपाल सम्वन्धि विज्ञहरुले ओली र प्रधानमन्त्री मोदीका दुतबीचको भेटलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । नाम नबताउने सर्तमा कुरा गर्दै भारतका एक पत्रकारले भने, ‘अहिलेपनि कस्मीरमा भारत र पाकिस्तानकाबीच मारामारको अवस्था छ, तर पनि केही दिन अघि दुवै देशका सुरक्षा प्रमुखहरुले बैंककमा भेटवार्ता गरेका थिए । नेपाली नेताहरुसंग ‘र’ प्रमुख वा अन्य कुटनीतिज्ञले भेट गर्नु अनौठो होईन ।’ ओली, भारतीय पक्ष र पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानी शाहका बीचमा समेत भेटवार्ता भएको चर्चा गरिएपनि त्यसको भने पुष्टी हुन सकेन । त्यसै गरी नेपाल प्रहरीले खोजीको सुचीमा राखेका नवराज सिलवाल समेत भारतीय बाटो हुदै बैकक पुगेर ओली संगै बसेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही