नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेका चार पत्नीका धनी प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दा हेर्न नमिल्ने हुँदा हुदै यसरी तोके दुई इजलाश



हाम्रो इकोनोमि

नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा सर्वोच्च अदालतले विवरण मगाएका कारण इजलाशमा बस्न नमिल्ने भनी आलोचना भइरहे पनि प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै २ इजलाश तोकेका छन्।

शुक्रबार इजलाश तोकेर रुकुमकोट पुगेका प्रधानन्यायाधीश पराजुलीले आइतबार आफूसहित न्यायाधीश सपनाप्रधान मल्ल र प्रकाशसिंह राउतसँगका दुई वटा पूर्ण इजलाश तोकेका छन्। पराजुलीले आइतबार १४ इजलाश तोकेका हुन्।

पराजुलीले राउतसँगको पूर्ण इजलाशमा कानुन अध्ययन केन्द्रका तर्फबाट अधिवक्ता वीरेन्द्रबहादुर थपलियाले दायर गरेको सार्वजनिक सरोकारको रिट फैसलाका लागि निर्णय सुनाउने (निसु) इजलास तोकेका छन्।

पराजुलीले मल्लसँगको पूर्ण इजलाशमा भने १७ थान मुद्दा तोकेका छन्।

गत बुधबार आफैंले नेतृत्व गरेको अदालतले उनको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि अध्ययनका लागि मगाएको थियो। अनसनरत डा गाविन्द केसीको अवहेलना मुद्दामा प्रधानन्यायाधीश पराजुलीको प्रमाणपत्र छानविनमा परेको हो।

अदालतले योग्यता सम्बन्धी विवादमा तानेकाले उक्त प्रक्रिया पूरा नभएसम्म न्याय सम्पादनको कामबाट अलग हुनुपर्ने भन्दै पराजुलीको आलोचना भइरहेको छ। डा केसीले भने सरकारसँग सम्झौता गर्दै शनिवार अनसन अन्त्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...