नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेका चार पत्नीका धनी प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दा हेर्न नमिल्ने हुँदा हुदै यसरी तोके दुई इजलाश



हाम्रो इकोनोमि

नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा सर्वोच्च अदालतले विवरण मगाएका कारण इजलाशमा बस्न नमिल्ने भनी आलोचना भइरहे पनि प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै २ इजलाश तोकेका छन्।

शुक्रबार इजलाश तोकेर रुकुमकोट पुगेका प्रधानन्यायाधीश पराजुलीले आइतबार आफूसहित न्यायाधीश सपनाप्रधान मल्ल र प्रकाशसिंह राउतसँगका दुई वटा पूर्ण इजलाश तोकेका छन्। पराजुलीले आइतबार १४ इजलाश तोकेका हुन्।

पराजुलीले राउतसँगको पूर्ण इजलाशमा कानुन अध्ययन केन्द्रका तर्फबाट अधिवक्ता वीरेन्द्रबहादुर थपलियाले दायर गरेको सार्वजनिक सरोकारको रिट फैसलाका लागि निर्णय सुनाउने (निसु) इजलास तोकेका छन्।

पराजुलीले मल्लसँगको पूर्ण इजलाशमा भने १७ थान मुद्दा तोकेका छन्।

गत बुधबार आफैंले नेतृत्व गरेको अदालतले उनको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि अध्ययनका लागि मगाएको थियो। अनसनरत डा गाविन्द केसीको अवहेलना मुद्दामा प्रधानन्यायाधीश पराजुलीको प्रमाणपत्र छानविनमा परेको हो।

अदालतले योग्यता सम्बन्धी विवादमा तानेकाले उक्त प्रक्रिया पूरा नभएसम्म न्याय सम्पादनको कामबाट अलग हुनुपर्ने भन्दै पराजुलीको आलोचना भइरहेको छ। डा केसीले भने सरकारसँग सम्झौता गर्दै शनिवार अनसन अन्त्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...