भारतीय गुप्तचर संग बैंककमा ओलीको यस्तो देखियो हिमचिम,प्रहरीले खोजेका नवराज सिलवाल पनि ओली संग कुम जोड्दै यसरी भेटीए थाईल्याण्डमा



हाम्रो इकोनोमि

स्वास्थ्य उपचारका लागि थाईल्याण्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको गुप्तचर संस्था ‘र’का प्रमुख अनिलकुमार धसमानासँग भेटवार्ता गरेका छन् । उच्च सुरक्षा सुत्रका अनुसार बुधबार बैंकक गएका ओलीले धसमानासंगै भारतका पूर्व विदेश सचिव जय शंकरसँग समेत भेटवार्ता गरेका छन् ।

विगतमा राम्रै सम्वन्ध भएपनि नेपालमा संविधान जारी भएयता ओली र भारत सरकारबीचको सम्वन्धमा चिसो पसेको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावमा पाएको विजयसंगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने लगभग पक्का भएपछि उनले भारतीय पक्षसंग सम्वन्ध सुधारको प्रयास गरेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र जय शंकरसँगको भेटले दुई पक्षबीचको सम्वन्ध सुधार गर्दै भोलीका दिनमा सहज सहकार्य गर्ने वातावरण बनाउने प्रयास गरेको श्रोतको दावी छ ।उनीहरुबीचको भेटवार्ता शुक्रबार सम्पन्न भएको बताईएपनि अति गोप्य राखिएको छ ।

भारतका नेपाल सम्वन्धि विज्ञहरुले ओली र प्रधानमन्त्री मोदीका दुतबीचको भेटलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् । नाम नबताउने सर्तमा कुरा गर्दै भारतका एक पत्रकारले भने, ‘अहिलेपनि कस्मीरमा भारत र पाकिस्तानकाबीच मारामारको अवस्था छ, तर पनि केही दिन अघि दुवै देशका सुरक्षा प्रमुखहरुले बैंककमा भेटवार्ता गरेका थिए । नेपाली नेताहरुसंग ‘र’ प्रमुख वा अन्य कुटनीतिज्ञले भेट गर्नु अनौठो होईन ।’ ओली, भारतीय पक्ष र पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानी शाहका बीचमा समेत भेटवार्ता भएको चर्चा गरिएपनि त्यसको भने पुष्टी हुन सकेन । त्यसै गरी नेपाल प्रहरीले खोजीको सुचीमा राखेका नवराज सिलवाल समेत भारतीय बाटो हुदै बैकक पुगेर ओली संगै बसेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...