राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित पार्न देउवा सरकारले प्रदेश प्रमुख नियुक्तिमा यसरी ढिलाई गरेको मन्त्रीले खुलाए यस्तो तथ्य



निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरे पनि एमाले र माओवादीले सरकारको प्रस्ताव अस्वीकार गर्दै आएका छन्। यी दलले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जिम्मेवारी संविधानले वर्तमान सरकारलाई दिएको भनेर पन्छिँदै आएका छन्।

सर्वदलीय सहमति जुटाउने प्रधानमन्त्री देउवाको प्रयास असफल भएपछि प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ भएको हो।
कृषिमन्त्री रामकृष्ण यादवले राजनीतिक सहमति जुटाउन प्रयास गर्दा प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ भएको स्वीकार गरे।

‘संविधान अनुसार तीन तहको निर्वाचन सम्पन्न भए पनि वर्तमान राजनीतिक अवस्था संक्रमणकालीन छ’, कांग्रेस नेता समेत रहेका यादवले भने, ‘नयाँ जनादेश अनुसार शक्ति सन्तुलनमा फेरबदल भएकाले एमाले र माओवादीसँग समेत सहमतिको अधिकतम प्रयास गरिएको छ।’

सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गर्दा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित हुने देखिएको छ। राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदै छ।

सरकारले नियुक्तिमा ढिलाइ गर्दा निर्वाचन आयोगले पटकपटक प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराउँदै आएको छ। आयोगले पत्र नै लेखेर प्रदेश प्रमुख नियुक्ति चाँडै गर्न सरकारलाई आग्रह गर्दै आएको छ।

प्रदेश प्रमुख नहुँदा आयोगले प्रदेशसभाका सांसदहरुको नाम समेत सार्वजनिक गर्न सकेको छैन। मन्त्रिपरिषदको शुक्रबारको बैठकले प्रदेश प्रमुख नियुक्तिको निर्णय गर्ने अपेक्षा गरिए पनि सरकारले सो सम्बन्धी कुनै निर्णय गरेन।

वाणिज्यमन्त्री मीन विश्वकर्माले संविधानले आवश्यक अधिकार दिए पनि राजनीतिक सहमतिको प्रयास जारी राख्दा नियुक्तिमा ढिलाइ भएको बताए।

नयाँ बन्ने सरकारले अहिले बन्ने प्रदेश प्रमुख परिवर्तन गर्न सक्ने भएकाले सरकारले राजनीतिक भागबन्डाकै आधारमा सो नियुक्ति गर्न चाहेको छ। तर, वाम गठबन्धनमा आबद्ध दलहरु अहिले सरकारको निर्णयमा हस्तक्षेप नगर्ने तर नयाँ सरकार बनेपछि आफू अनुकूल प्रदेश प्रमुख नियुक्ति गर्ने रणनीतिमा छन्।

सोही कारण सरकारले आफैंले प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले राजनीतिक सहमति नजुटे पनि आगामी मन्त्रीपरिषद् बैठकले त्यसबारे निर्णय गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका