प्रदेशमा पनि सबै तपाईलाई नै दिने बन्दै देउवाले प्रचण्डलाई ५ बर्ष प्रधानमन्त्री बन्ने फेरी गरे आग्रह,बाम गठबन्धन तोडिने यस्तो देखियो संकेत



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनेर ढुक्कले पाँच वर्ष मुलुक चलाउनको लागि पूनः प्रस्ताव गरेका छन् ।

देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डलाई उनले फोन गरेर हिजोमात्रै ढुक्कले पाँच वर्ष प्रधानमन्त्री बनेर देश चलाउनको लागि ठाडो प्रस्ताव गरेका हुन् । तर, प्रचण्डले जवाफमा आफू जनमतको विरुद्धमा जान नसक्ने बताउँदै यतिवेला सम्पूर्ण ध्यान एमाले–माओवादीवीच एकतामा खर्चिने स्पष्ट पारेका थिए ।

तर देउवाले पटक पटक प्रचण्डलाई लोभ देखाउँदै आफूले प्रधानमन्त्री बनेर धेरै चलाएको अब अब तपाई प्रधानमन्त्री बन्नुहोस् कांग्रेसले बाहिर बसेर सघाउने वचन दिएका थिए । त्यतिमात्रै नभएर देउवाले एमालेसँग पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्नै सक्नुहुन्न भन्दै प्रचण्डलाई यस्तो कुरा ठोकुवा नै गरेका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्न सक्नुहुन्न, त्यसैले ढुक्क भएर अब पाँच वर्ष देश चलाउनुहोस्, हाम्रो तपाईलाई पूर्ण साथ र सहयोग रहन्छ।’

देउवाले ७ प्रदेशमध्ये एकमा आफूहरुको सरकार बन्ने भएकोले ७ नम्बर प्रदेश छोडेर बाँकीमा पनि सरकार गठन गर्न प्रचण्डलाई आग्रह गरेका थिए । उनले भनेका थिए,‘७ नम्बर प्रदेश हामीलाई दिनुहोस्, अरु तपाईहरु चलाउनुहोस्।’

फोरम र राजपाले २ नम्बर प्रदेशमा सरकार बनाउने पक्कापक्की भएकोले बाँकीमध्ये १ र ३ नम्बर प्रदेशमा एमाले, ४, ५ र ६ नम्बर प्रदेशमा माओवादी र कांग्रेस मिल्दा बहुमत पुग्ने भएकोले तीन वटा प्रदेशमा माओवादीलाई सरकार बनाउन कांग्रेसले सहयोग गर्ने देउवाको वचन थियो ।
देउवाको भनाई बडो चाख दिएर सुनेका प्रचण्डले अन्तिममा अहिले हतार नगरौं भन्दै उनको प्रस्ताव टारेका छन् । प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिले म पार्टी एकताको पक्षमा छु, फाुगण पहिलो हप्तामा नयाँ सरकार बन्ने हो, अहिले हतार गर्नुपर्दैन् ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...