प्रकाशकी पत्नी सिर्जनालाई बाइकट गरेर प्रचण्डको सिंगो परिवारले यसरी मनायो राष्ट्रपति निवासमा ‘गुड फ्राइडे’,छोरी-ज्वाईको लावालस्कर लिएर किन पुगे प्रचण्ड?



हाम्रो इकोनोमि

राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति विद्या भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहयोग लिइरहेकी छन्। एमाले र कांग्रेसबीच सहमति जुटाउन प्रचण्ड कहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुग्छन् त, कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न। त्यसपछि उनी भेटघाटको सन्देश लिएर राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्छन्।

यसरी राजनीतिक गतिरोध अन्त्यका लागि सहयोगी बनिरहेका प्रचण्डको सम्पूर्ण परिवारलाई राष्ट्रपति भण्डारीले शुक्रबार साँझ शीतल निवासमा बोलाइन् र डिनर दिइन्। दिउसो म्याग्दीको एउटा कार्यक्रमका लागि म्याग्दी पुगेका प्रचण्ड बेलुकी काठमाडौं फर्कनासाथ परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।

राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता दाहालका अलावा भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रणब र प्रसिद्ध सहभागी थिए। अर्की बुहारी सिर्जना त्रिपाठी भने त्यो जमघटमा सहभागी भइनन्।

यसैगरी जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरीहरु समेत राष्ट्रपति निवास पुगेका थिए। ‘सबै परिवार काठमाडौं जुटेको बेला पर्‍यो, त्यही बेला राष्ट्रपतिज्यूबाट पनि निम्तो प्राप्त भयो’ पारिवारिक स्रोतले भन्यो, ‘हिजोको साँझ राष्ट्रपति र हाम्रो परिवारका लागि गुड फ्राइडे’ जस्तै भयो।’
बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...