मन्त्रिपरिषदको बैठक सुरु, प्रदेश प्रमुख तोक्दै अरु के-के निर्णय गर्दैछन् देउवा



हाम्रो इकोनोमि

आजै प्रदेश प्रमुख तोक्ने चर्चाकामाझ मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ।

केही बेर अघिदेखि बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए।

सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्न भन्दै राजनीतिक सहमति नजुटे पनि आज प्रदेश प्रमुख नियुक्त गर्ने लागेको हो वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए। ‘प्रदेश प्रमुख तोकिएन भने प्रदेश सभाका सदस्यहरूले शपथ ग्रहण गर्नका लागि संवैधानिक बाधा अड्चन सिर्जना हुन्छ,’ उनले भने,‘ त्यसो भएको हुनाले शुक्रवारको मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्नैपर्ने स्थितिमा पुगेका छौँ।’

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको उनले बताए।

तर प्रदेशको अस्थायी राजधानी भने आज नै तोक्ने सम्भावना कमै रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...