देउवा सरकारका १७ माओबादी मन्त्रीले राजीनामा दिए,६२ सदस्यीय देउवा सरकार ४५ मा खुम्चियो



हाम्रो इकोनोमि

माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरू बिहीबार सरकारबाट बाहिरिने भएका छन्। पार्टीको निर्णयअनुसार बिहीबार बेलुकीसम्ममा राजीनामा दिन लागेको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले भने, ‘आज बेलुकीसम्ममा राजीनामा दिने पार्टीको निर्णय भएको छ, सोहीअनुसार गर्दै छौं।’ नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि राजीनामा दिन लागेको मन्त्री शाहीले बताए।

उनले मन्त्री भएकाहरू प्रदेशमा पनि जितेको र प्रदेशसभामा सहभागी हुनुपर्ने भएकाले पनि राजीनामा दिन लागेको उनले जानकारी दिए। उनले भने, ‘हामीमध्ये केही प्रदेशसभामा जितेका छौँ, अब प्रदेश सरकार बनाउनुपर्ने र मुख्यमन्त्रीसमेत बन्नुपर्ने भएकाले राजीनामा दिन लागेका हौँ।’ विना विभागीय मन्त्री आशा कोइरालाले नयाँ जनादेशअनुसार नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न लागेको बताइन्।

माओवादीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने गृहजिल्ला दाङमा एक कार्यक्रममा सहभागी भइरहेका छन्। उनी दाङबाट फर्किएपछि राजीनामा दिने तयारी भएको छ। माओवादीले सरकारबाट बाहिरिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको छ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १८ जना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका थिए। तीमध्ये मन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्। हाल माओवादी केन्द्रबाट ९ मन्त्री र ८ राज्यमन्त्री गरी १६ जना विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी छन्। माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पहिले नेकपा एमालेसँग असोज १७ गते वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...