देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन



हाम्रो इकोनोमि

उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताउनुभयो ।

“देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भन्नुभयो ।

उहाँले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताउनुभयो । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उहाँको छ ।

नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले लगानीका लागि भर्जिनल्याण्ड भएको दाबी गर्नुभयो । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औँल्याउनुभयो । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गर्नुभयो ।

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र ९सेज० परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगरले विशिष्ट योगदान पु¥याइरहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गर्नुभयो । जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उहाँको जिकिर थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...