गगन थापा उम्लिएको भन्दै देउवाले यसरी सुनाए थापालाई भाटा हान्ने कुरा,गगनलाई सिध्याउने यस्ता छन् आरजुका कुरा



नेपाली कांग्रेसभित्र युवा नेता गगन कुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माँग उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेको र पछिल्लो समय डा. गोविन्द केसीको प्रकरणमा अदालतको विरुद्धमा व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको भन्दै गगनलाई कारबाही गर्नुपर्नेबारे बुधबार प्रधानमन्त्री निवास बालुवाटारको विशेष बैठकमा कुरा उठेको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘गगनजीले युवाहरुले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होइन चर्चाको लागिमात्रै भएपनि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति र अनुशासन बाहिर गएर बोलेको र त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरुले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिईने समझदारी भएको छ।’

गगनले निर्वाचनमा पार्टी सभापतिकै कारण पराजय भोग्नु परेको भन्दै युवा नेताहरुको भेला बोलाउने गरेपछि उनीसँग देउवा रुष्ट छन् । देउवा निकट स्रोतका अनुसार विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका देउवाले गगनलाई अनुशासनको कारवाही गर्ने तयारी थालेका छन् ।

लामो समयदेखि कांग्रेसमा प्रवक्ता नहुँदा पार्टीको सूचना प्रवाह गर्न समस्या भएको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचना भयो । पछिल्लो महाधिवेशनमा समेत प्रवक्ता नहुँदा पत्रकारलाई सूचना संकलन गर्न हम्मेहम्मे पर्यो । महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा विजयी भए र तत्काल पार्टी प्रवक्ता नियुक्त गर्छन् भन्ने धेरैमा पर्यो । तर, त्यसो भएन । त्यही समस्या पछि आएर स्थानीय तह हुँदै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि देखियो । फेरि पनि देउवा आलोचित भए । खासमा प्रवक्ताका लागि उनले आफूनिकट उचित व्यक्ति भेटाएका छैनन् भन्ने हल्ला चल्यो ।

गगन थापा गलाउने आरजुको ‘आइडिया’
तीन वटै निर्वाचन सकिएको लामो समयपछि देउवाले पार्टी प्रवक्ता नियुक्त गर्ने सोच बनाए । र, त्यसका लागि आरजुको सल्लाह मागे । आरजुले गगन थापा उपयुक्त भएको बताइन् । कारण गगन निर्वाचनपछि सभापति देउवाको विपक्षमा बाल्दै हिँडिरहेका थिए । उनको माग नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थियो । युवा नेता भेला पारेर गगनले यस विषयमा लामै बहस चलाएका थिए । त्यसैले उनलाई पार्टी प्रवक्ता बनाउँदा गुन सम्झिएर चुप लाग्छन् भन्ने आरजुको बुझाई थियो । तर, आरजुले प्रवक्ता नै नियुक्त गरेर रिक्स मोल्न चाहिनन् । एउटा प्लान बनाइन् ।
प्लान थियो, मिडियाबाट गगन प्रवक्ता हुँदै गरेको समाचार सम्प्रेषण गर्ने र त्यसपछिको गगनको गतिबिधि नाप्ने । र, त्यसै भयो पनि । तर, गगन गलेनन् । पार्टी प्रवक्तामा उनले आफ्नो इमान साट्न नचाहेको यसबाट प्रस्टै बुझिन्छ । नत्र हल्ला चलेकै बेला देउवाको जयजयकार गरेको भए उनी प्रवक्ता हुने पक्का थियो ।

विश्वप्रकाश कार्डको प्रयोग
गगनबाट पार नलाग्ने देखेपछि आरजुले विश्वप्रकाश कार्डको प्रयोग गरिन् । विश्वप्रकाश, गगन, चन्द्र भण्डारी, प्रदीप पौडल लगायतका युवा नेताले पार्टी नेतृत्व परिवर्तको नारा लगाइरहेका थिए । यस्तो नाराबाट थरुरु भएका देउवा युवा एकतालाई कसरी कमजोर पार्ने भन्नेमा थिए । सोही अनुरुप आरजुले विश्वप्रकाशलाई प्रवक्ता बनाएर युवा एकता फुटाउने डिजाइन बनाएको कांग्रेस स्रोत बताउँछ ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि टेन्सनमा रहेका विश्वप्रकाश प्रयोगका लागि उचित पात्र थिए । त्यसैले उनलाई जिम्मेवारीमा ल्याएर देउवाले युवा एकता कमजोर पार्ने रणनीति रचे । र, सफल भए पनि । अब सम्भवतः देउवाको गुन तिर्न भएपछि विश्वप्रकाश उनीविरुद्ध बोल्ने छैनन् । अर्को अर्थमा भन्नुपर्दा उनी देउवाका मान्छे भएका छन् ।

आरजुको सभापति सपना
पार्टी संगठनका विभिन्न तह, तप्कासँग पछिल्लो समय आरजुले राम्रै हिमचिम बढाएकी छिन् । उनी देउवानिकट र उनलाई भेट्न आउने सबै नेता तथा कार्यकर्तासँग नरम छिन् । यसको एकमात्र कारण हो, भावी दिनमा पार्टी हाँक्ने लक्ष्य । देउवाले आफूनिकट कसैलाई पनि सभापतिका लागि योग्य र विश्वास गर्न लायक देखेका छैनन् । त्यसैले अबको महाधिवेशनबाट पार्टी नेतृत्वमा आरजुलाई ल्याउनुपर्छ भन्ने देउवाको मनसाय छ । र, आरजुले पनि ईच्छा देखाएकाले उनले नाइनास्ती गर्ने कुरा नआउने स्रोत बताउँछ । त्यसैले यतिबेला आरजु बलियो पकट बनाउन लागिरेकी छिन् । त्यसका लागि उनले पार्टीबाट मन्त्री बन्नेको लिस्ट तयार पार्नमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १