राष्ट्रपतिमा विद्यालाई दोहोर्याउन ओलीको जोड,एमाले-माओबादीका यी नेताले खाए राष्ट्रपतिको रात्रिभोज,उप-राष्ट्रपति पनि दोहोरिने,सभामुख ओनसरीलाई बनाउन यस्तो सम्म हुदैछ खेल



संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ । दुई तहका सांसदको मतभार भने फरक हुने व्यवस्था छ । तर, यो संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक लगाएको छैन । त्यही सहज बाटो पछ्याउँदै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र सभामुख ओनसरी घर्तीको समेत कार्यकाल दोहोर्याउने चलखेल सुरु भएको छ । सार्वजनिक रुपमा चर्चामा आएका राष्ट्रप्रमुख, उपप्रमखु दोहोर्याउने विषय आएपछि माओवादीले सभामुखसमेत दोहोर्याउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

ओलीको चाहनाः राष्ट्रपतिलाई थप अर्को कार्यकाल दोहोर्याउन एमालेको संस्थापन पक्ष लागिपरेको छ । संस्थापन पक्ष भित्रका पनि अध्यक्ष ओली नजिकका नेताहरू अनौपचारिक रुपमा बढी नै सक्रिय भएका छन् । अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् । एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ लगायत भने मौन देखिन्छन् । राष्ट्रपति भण्डारीको लबिङः आफ्नो कार्यकाल दोहोर्याउन तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने संभावित नयाँ सरकार निर्माणको बाटो छिटो खुलाउन पनि राष्ट्रपति भण्डारी आफै सक्रिय भएकी छिन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई बोलाएर पटक–पटक सरकार गठनको वातावरण बनाउन दबाव दिएकी भण्डारीले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजानिक गर्न आग्रह गरेकी थिइन् । संवैधानिक जटिलताको व्याख्या गर्दै आयोगले राष्ट्रपतिको आग्रह भने मानेन । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो निवासमा बोलाएर भण्डारीले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि ठाँउ छोडिदिन आग्रह गरेकी छन् । सरकारले पनि राष्ट्रियसभा गठनको संवैधानिक अप्ठ्यारो देखाएर आफ्नो आयु लम्ब्याइरहेको छ । भण्डारीको रात्रिभोजः राष्ट्रपति भण्डारीले २३ गते आइतबार साँझ एमाले र माओवादीका १२ (एमालेका ६ माअ‍ेवादीका ६) प्रभावशाली नेताहरूलाई बोलाएर रात्रिभोज दिइन् ।

रात्रिभोजका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली खेमाका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाइ बाेलाइन् । माओवादीका तर्फबाट पनि वर्तमान राजनीतिमा उत्तिकै सक्रिय र प्रभावशाली ६ नेतालाई भण्डारीले रात्रिभोजमा डाकिन् । जसमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, युवानेता वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत थिए । भण्डारीले नेता कृष्णबहादुर महरालाई बोलाए पनि उनी भने काठमाडौंमा उपलब्ध थिएनन् । रात्रिभोजको सन्देश ः
रात्रिभोजको प्रस्ट सन्देश थियो, राष्ट्रपतिले आफ्नो कार्यकाल दोहोर्याउनको लागि लबिङ गर्नु । त्यसका लागि त्यहाँ उपस्थित नेताहरू लगभग निर्णायक हुन् । उताफेरी दुवै पार्टीका अध्यक्षहरू सकारात्मक भइसकेका छन् । दोस्रो सन्देश थियो, सकेसम्म छिटो नयाँ सरकार गठन गर्ने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने । तेस्रो थियो, वाम एकताका लागि निर्णायक ठानिएका दोस्रो तहका नेताहरूको हौसला बढाउँदै शुभकामना तथा बधाई दिने ।

बैठककै क्रममा पनि भण्डारीले वाम एकताका लागि शुभकामना र निर्वाचन आयोगलाई परिणाम सार्वजनिक गर्न दबाव दिनुपर्ने कुरा मात्र होइन, अहिलेकै सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्नुपर्ने कुरामा समेत जोड दिएको राष्ट्रपति कार्यालय उच्चस्रोतले जानकारी दियो । राष्ट्रपतिको आफ्नो रुचि र सक्रियता, अध्यक्ष ओलीको चाहाना र माओवादीको समेत सकारात्मक संकेत पाएपछि राष्ट्राध्यक्षको जिम्मेवारी रहेको संवैधानिक राष्ट्रपतिमा भण्डारी दोहोरिने लगभग पक्काजस्तै भएको छ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत एमाले र माओवादीको प्रस्ट बहुमत भएकाले भण्डारी फेरी निर्वाचित हुने संभावना बढेको हो ।

माओवादीका नेताहरूले राष्ट्रपति दोहोरिने भएपछि उपराष्ट्रपति र सभामुखसमेत दोहोर्याउने प्रस्ताव संयुक्त बैठकहरूमा अनौपचारिक रुपमा गरीसकेका छन् । माओवादीको चाहानाअनुसार राष्ट्रपतिसँगै उपराष्ट्रपति दोहोरिने निश्चित छ । सबै पदमा निरन्तरता दिने भनेपछि सभामुख पदमा पनि दोहोरीने सम्भावना छ तर पनि शक्ति सन्तुलनका अन्य पक्षलाई समेत मध्यनजर गर्नुपर्ने पनि स्थिति रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको