कांग्रेसका १९ जिल्लाका सभापतिको गोप्य बेलाले तीन वटा यस्ता निर्णय गर्यो,देउवामाथी यसरी हुदैछ हमला



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहका बेला नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको गोप्य भेला भएको छ।

सिन्धुपाल्चोकको मेलम्चीमा बुधबारदेखि गोप्य भेला सुरु भएको हो। जसको संयोजन गरेका हुन्, बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले। प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराएका उनी बर्दिया कांग्रेसका सभापति हुन्।

गोप्य भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङ मुगुसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन्।

भेलाले पार्टी सभापतिहरुको राष्ट्रिय भेला बोलाउने विषयमा निर्णय गरिएको कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले बताए। यसका लागि सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन गरिएको छ।

‘पराजयपछि पार्टी नेतृत्व तहको आवाज एउटै हुने हाम्रो अपेक्षा थियो तर त्यस्तो देखिएन,’ शाहीले भने, ‘यसका लागि मनोवैज्ञानिक दबाब सिर्जना गर्न पनि पार्टी सभापतिहरुको राष्ट्रिय भेला जरुरी छ भन्ने निष्कर्षमा पुगेका हौं।’ पछिल्लो निर्वाचनको निराशाजनक परिणामको निराशा चिर्दै कांग्रेसलाई पुनर्जागृत गर्न भेला महत्वपूर्ण रहेको उनले बताए।

भेलाले २२ जिल्लालाई दुर्गम क्षेत्रमा राखेर दुर्गम क्षेत्र विकास समिति सक्रिय बनाउने, पार्टी सभापति कोष खडा गर्ने, जसबाट आर्थिक अभावले पढ्न नपाएका र उपचार गराउने नपाएकालाई सहयोग गर्नेबारे पनि भेलाले निर्णय गरेको शाहीले जानकारी दिए।

अहिले उठिरहेको नेतृत्व परिवर्तनका विषयमा अनौपचारिक छलफल भए पनि भेलाले कुनै निर्णय गरेन तर पार्टी सभापतिहरुको राष्ट्रिय भेलामा यो विषय प्रखुम रुपमा उठ्ने संकेत शाहीले गरे।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...