कांग्रेसका १९ जिल्लाका सभापतिको गोप्य बेलाले तीन वटा यस्ता निर्णय गर्यो,देउवामाथी यसरी हुदैछ हमला



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहका बेला नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको गोप्य भेला भएको छ।

सिन्धुपाल्चोकको मेलम्चीमा बुधबारदेखि गोप्य भेला सुरु भएको हो। जसको संयोजन गरेका हुन्, बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले। प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराएका उनी बर्दिया कांग्रेसका सभापति हुन्।

गोप्य भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङ मुगुसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन्।

भेलाले पार्टी सभापतिहरुको राष्ट्रिय भेला बोलाउने विषयमा निर्णय गरिएको कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले बताए। यसका लागि सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन गरिएको छ।

‘पराजयपछि पार्टी नेतृत्व तहको आवाज एउटै हुने हाम्रो अपेक्षा थियो तर त्यस्तो देखिएन,’ शाहीले भने, ‘यसका लागि मनोवैज्ञानिक दबाब सिर्जना गर्न पनि पार्टी सभापतिहरुको राष्ट्रिय भेला जरुरी छ भन्ने निष्कर्षमा पुगेका हौं।’ पछिल्लो निर्वाचनको निराशाजनक परिणामको निराशा चिर्दै कांग्रेसलाई पुनर्जागृत गर्न भेला महत्वपूर्ण रहेको उनले बताए।

भेलाले २२ जिल्लालाई दुर्गम क्षेत्रमा राखेर दुर्गम क्षेत्र विकास समिति सक्रिय बनाउने, पार्टी सभापति कोष खडा गर्ने, जसबाट आर्थिक अभावले पढ्न नपाएका र उपचार गराउने नपाएकालाई सहयोग गर्नेबारे पनि भेलाले निर्णय गरेको शाहीले जानकारी दिए।

अहिले उठिरहेको नेतृत्व परिवर्तनका विषयमा अनौपचारिक छलफल भए पनि भेलाले कुनै निर्णय गरेन तर पार्टी सभापतिहरुको राष्ट्रिय भेलामा यो विषय प्रखुम रुपमा उठ्ने संकेत शाहीले गरे।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्