इजलासमै उठ्यो प्रधानन्यायाधीश पराजुलीलाई निलम्बन गरी छानबिन गर्ने कुरा,प्रधानन्यायाधीश यसरी फस्दैछन् संकटमा



हाम्रो इकोनोमि

अधिवक्ता दिनेश त्रिपाठीले डा. गोविन्द केसीले मानहानि गरेको विषयको सुनुवाइ गरिरहेको इजलास प्रधानन्यायाधीश गोपाल पराजुलीलाई उपस्थित गराई उनकाे कुरा बुझ्न सक्षम रहेको दाबी गरेका छन्।

केसीका पक्षबाट बहस गर्ने अर्का अधिवक्ता गोपाल शिवाकोटीले बहस गर्दै न्यायालय निष्पक्ष छ भन्ने प्रमाणित गर्ने याे उत्तम अवसर भएकाे बताए। उनले प्रधानन्यायाधीशलाई सबैले अाराेप लगाइरहेकाे अवस्थामा उनलाइ निलम्बन गरी छानबिन गरिनुपर्ने माग राखे।

उनले डा‍. केसीकाे तर्फबाट बहस गर्दै प्रधानन्यायाधीशलाई पनि इजलासमा झिकाएर उनीमाथि लागेको आरोपको जवाफ खोजिनुपर्ने बताए। डा केसीले अदालतको मानहानि गरेको नभई गरिमा बढाउने काम गरेको उनको भनाइ छ। सर्वोच्च अदालतको चार नम्बर इजलासमा अहिले केसी मुद्दाको बहस भइरहेको छ।

केसीकाे तर्फबाट अधिवक्ताहरु श्रीहरि अर्याल, सुरेन्द्र भण्डारी, गोपाल शिवाकाेटी, विजय मिश्र लगायतले बहस गरिरहेका छन्। अधिवक्ता त्रिपाठीले सत्य नै प्रतिरक्षा हुने भन्दै डा. केसीले भनेकाे कुरा सत्य भए उनी निर्दाेष सावित हुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...