बजार दोहोरो अंकले घटदा ३७ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको शुरुदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज भने १५.७८ अंकले ओरालो लागेर १४४०.२९ अंकमा झरेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ५० करोडको सेयर किनबेच भएको बजारमा बुधबार जम्मा ३७ करोडको सेयर कारोबार भएको छ । बुधबार १५८ कम्पनीका १५ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन् ।

दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । बुधबार सबैभन्दा बढी बीमा समूहको परिसूचक १६९ अंकले ओरालो लागेका छन् । त्यस्तै, उत्पादनमूलक २७, माइक्रोफाइनान्स २३ र होटल समूह २० अंकले घटेका छन् ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८२२ रुपैयाँ रहेको छ ।

१५ अंकले झरेको बजारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २१९ रुपैयाँले घटी हो । उता फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले भने ५.१६ प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...