बजार दोहोरो अंकले घटदा ३७ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको शुरुदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज भने १५.७८ अंकले ओरालो लागेर १४४०.२९ अंकमा झरेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ५० करोडको सेयर किनबेच भएको बजारमा बुधबार जम्मा ३७ करोडको सेयर कारोबार भएको छ । बुधबार १५८ कम्पनीका १५ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन् ।

दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । बुधबार सबैभन्दा बढी बीमा समूहको परिसूचक १६९ अंकले ओरालो लागेका छन् । त्यस्तै, उत्पादनमूलक २७, माइक्रोफाइनान्स २३ र होटल समूह २० अंकले घटेका छन् ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८२२ रुपैयाँ रहेको छ ।

१५ अंकले झरेको बजारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २१९ रुपैयाँले घटी हो । उता फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले भने ५.१६ प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...