डा केसीले सर्वोच्चको इजलासमै ठाडै भनिदिए पराजुली माफिया र भ्रष्ट नै हुन्



हाम्रो इकोनोमि

डा गोविन्द केसीले आफूले अदालतलाई सम्मान गर्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुली भने माफिया र भ्रष्ट भएको बताएका छन्।
बुधबार सर्वोच्च अदालतको इजलासमा आफ्नो कुरा राख्दै डा केसीले विरोध गर्न पाउनु नागरिकको हक भएको र आफूले त्यही हकको उपयोग गरेको बताए।

उनले भने, ‘म अदालतलाई सम्मान गर्छु, तर पराजुली माफिया र भष्ट नै हुन्।’
पराजुलीले अहिले आफूलाई र आफ्ना सहयोगीहरुलाई धम्की दिइरहेको पनि डा केसीले खुलासा गरे।
‘पराजुलीले मलाई धम्की दिइरहेका छन्’, केसीले भने, ‘पराजुलीबाट आफन्त लगाएर मेरो मान्छेलाई अहिले पनि धम्की आइरहेको छ।’

उनले आफूलाई पक्राउ गर्ने तरिकामा पनि आपत्ति प्रकट गरे। पक्राउ पुर्जीबिना रातारात समातिएको भन्दै उनले थपे, ‘चार बजे अनसन बसेँ तर आठ बजे पक्राउ पुर्जीबिना रातारात किन समातियो? के म सार्वभौम नागरिक होइन? के मेरो र पराजुलीको नागरिक अधिकार फरक हो? के मैले विरोध गर्न नपाउने हो? यहाँ अदालत आएपछि मात्र पक्राउ पुर्जी किन दिइयो?’
अदालतको मानहानि मुद्दामा सोमबार पक्राउ गरिएका डा केसीको मुद्दामा अहिले बहस जारी छ। न्यायाधीश पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको नयाँ इजलासमा बहस भइरहेको छ। डा केसीसँग हिजो बयान लिइएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...