डा केसीले सर्वोच्चको इजलासमै ठाडै भनिदिए पराजुली माफिया र भ्रष्ट नै हुन्



हाम्रो इकोनोमि

डा गोविन्द केसीले आफूले अदालतलाई सम्मान गर्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुली भने माफिया र भ्रष्ट भएको बताएका छन्।
बुधबार सर्वोच्च अदालतको इजलासमा आफ्नो कुरा राख्दै डा केसीले विरोध गर्न पाउनु नागरिकको हक भएको र आफूले त्यही हकको उपयोग गरेको बताए।

उनले भने, ‘म अदालतलाई सम्मान गर्छु, तर पराजुली माफिया र भष्ट नै हुन्।’
पराजुलीले अहिले आफूलाई र आफ्ना सहयोगीहरुलाई धम्की दिइरहेको पनि डा केसीले खुलासा गरे।
‘पराजुलीले मलाई धम्की दिइरहेका छन्’, केसीले भने, ‘पराजुलीबाट आफन्त लगाएर मेरो मान्छेलाई अहिले पनि धम्की आइरहेको छ।’

उनले आफूलाई पक्राउ गर्ने तरिकामा पनि आपत्ति प्रकट गरे। पक्राउ पुर्जीबिना रातारात समातिएको भन्दै उनले थपे, ‘चार बजे अनसन बसेँ तर आठ बजे पक्राउ पुर्जीबिना रातारात किन समातियो? के म सार्वभौम नागरिक होइन? के मेरो र पराजुलीको नागरिक अधिकार फरक हो? के मैले विरोध गर्न नपाउने हो? यहाँ अदालत आएपछि मात्र पक्राउ पुर्जी किन दिइयो?’
अदालतको मानहानि मुद्दामा सोमबार पक्राउ गरिएका डा केसीको मुद्दामा अहिले बहस जारी छ। न्यायाधीश पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको नयाँ इजलासमा बहस भइरहेको छ। डा केसीसँग हिजो बयान लिइएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...