पत्नीलाई साक्षी राखेर जाँदा जाँदै ओलीले भने-किन आत्तिनुहुन्छ,पन्ध्र दिन पर्खिनुस्, अध्यक्ष को बन्छ थाहा पाइहाल्नुहुन्छ



हाम्रो इकोनोमि

स्वास्थ्य जाँचका लागि थाइल्याण्ड जाँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले आफू फर्केपछि एकता प्रक्रिया अघि बढ्ने बताए। उनले तत्काल प्रदेश प्रमुख र राजधानी तोक्न पनि सरकारसँग आग्रह गरे।

‘पन्ध्र दिनमा नै पार्टी एकता हुँदैछ, त्यसैबेला अध्यक्ष को बन्छ भन्ने कुरा थाहा पाइहाल्नुहुन्छ,’ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने।

उनले एकता हुन नदिने प्रयास र खुराफात चलिरहेको भन्दै ती सबै प्रयास असफल हुने पनि दाबी गरे।
ओलीले संवैधानिक निकायहरु संविधानअनुरुप नचलिरहेको टिप्पणी पनि गरे।

उनले आफू चिकित्सकहरुको सल्लाहमा स्वास्थ्यजाँच गर्न जान लागेको बताए।
मिर्गौला प्रत्यारोपण गरेका ओलीले बैंककस्थित बुङरुगाड अस्पतालमा स्वास्थ्यजाँच गराउने छन्।
उनको साथमा पत्नी राधिका शाक्य, नातेदार राजेश बज्राचार्य र दुई चिकित्सकसमेत गएका छन्। उनी माघ २ गते फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...