प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन,केसीको पक्षमा उर्लिए जनता,रिहाई गर्न माग



हाम्रो इकोनोमि

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ। डा केसीको समर्थनमा भेला भएका प्रदर्शनकारीले प्रधानन्यायाशीध गोपाल पराजुली विरुद्ध नारा लगाएका छन्।

डा केसीलाई बिना शर्त रिहाइ गर्नुपर्ने, उनका माग पूरा हुनुपर्ने नारा लगाउँदै प्रदर्शनकारीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा समेत माग गरेका छन्।

आइओएमका पूर्व डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि प्रधानन्यायाधीश पराजुली विरुद्ध सोमबारदेखी डा केसी अनशनमा बसेका हुन्। सर्वोच्चले अदालतका मानहानी मुद्दामा सोमबार नै डा केसीलाई गिरफ्तार गरेको थियो। डा केसीको मुद्दा सर्वोच्च अदालतमा आज बहस जारी छ। डा केसीको हिजो बयान लिइएको थियो।

न्यायाधीश पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको नयाँ इजलासमा डा केसीको मुद्दामाथि बहस जारी छ। मंगलबार डा केसीको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...