पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।

नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।

प्रतियागितामा पुरुष र महिलातर्पm नौ÷नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउन जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...