गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो ।

चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच ०१एन ८६११ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा हुटमुनि फल्सबटम बनाई पत्रिका र प्लास्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएर राखिएका डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको थियो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडी बरामद गर्नुका साथै त्यस कार्यमा संलग्न भारत मोतीहारी जिल्ला गोपीगञ्जका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही ठाउँका १९ वर्षीय निकेशकुमारलाई नियनत्रणमा लिइएको छ । गाँजा ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता चितवन प्रहरीले चितवनको पहाडी क्षेत्रमा यो महिनामा गरेको खोजी अभियानमा १५ बिगाहामा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...