पञ्चकन्या माई हाइड्रोको साधारण सेयर माघ ५ गतेदेखि खुल्ने



हाम्रो इकोनोमि

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले माघ ५ गतेदेखि इलामका स्थानिय बासिन्दालाई साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

पञ्चकन्या माई हाइड्रोले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा कम्पनीले फेरी १० प्रतिशत बराबरको सेयर साधारणमा जारी गर्नेछ ।

अहिले जारी गर्न लागेको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर रहेको छ ।

स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् । सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ १९ गते रहेको छ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ । पञ्चकन्या माई हाइड्राको अधिकृत पूँजी एक अर्ब ९५ करोड रुपैयाँ तथा जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...