ओली उड्नुअघि प्रचण्डले बालकोट पुगेर ओलीलाई भेटे,र बाम-गठबन्धन बिरुद्द लागेकालाई यसरी रेटे



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

माओवादी अध्यक्ष दाहाल बिहान करिब पौने १० बजे ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
यसअघि मंगलबार मात्रै एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बसेको थियो । सो बैठकले आगामी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि एक कार्यदल गठन गरेको थियो ।

सो कार्यदललाई क्रियाशिल बनाउन दुई अध्यक्षहरुले निर्देशन दिने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

कार्यदलमा नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

कार्यदललाई क्रियाशील बनाएर राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्न दुबै नेताले निर्देशन दिने कार्यक्रम रहेको छ ।
ओली बुधबार मध्यान्न साढे १२ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आगामी माघ २ गते स्वदेश फर्किने गरी जान लागेको

ओलीको टोलीमा पत्नी राधिका शाक्य, ओलीका स्वकीय सचिव राजेश शाक्य, एक चिकित्सक लगायत रहेका छन् ।

ओलीको टोली थाइ एयरवेजको विमानबाट बैंकक जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न