ओली उड्नुअघि प्रचण्डले बालकोट पुगेर ओलीलाई भेटे,र बाम-गठबन्धन बिरुद्द लागेकालाई यसरी रेटे



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

माओवादी अध्यक्ष दाहाल बिहान करिब पौने १० बजे ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
यसअघि मंगलबार मात्रै एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बसेको थियो । सो बैठकले आगामी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि एक कार्यदल गठन गरेको थियो ।

सो कार्यदललाई क्रियाशिल बनाउन दुई अध्यक्षहरुले निर्देशन दिने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

कार्यदलमा नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

कार्यदललाई क्रियाशील बनाएर राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्न दुबै नेताले निर्देशन दिने कार्यक्रम रहेको छ ।
ओली बुधबार मध्यान्न साढे १२ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आगामी माघ २ गते स्वदेश फर्किने गरी जान लागेको

ओलीको टोलीमा पत्नी राधिका शाक्य, ओलीका स्वकीय सचिव राजेश शाक्य, एक चिकित्सक लगायत रहेका छन् ।

ओलीको टोली थाइ एयरवेजको विमानबाट बैंकक जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...