ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’



वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुवै पार्टीका नेताहरू रहेको ६ सदस्यीय संयुक्त कार्यदल गठन गर्नेसहित तीनबुँदे निर्णय गरेको हो ।

कार्यदललाई राष्ट्रिय सभा, प्रदेश संसद् र प्रदेश सरकार गठनसम्बन्धी समग्र गृहकार्य गर्ने कार्यादेश दिइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

राज्यको ढुकुटी हिनामिना गर्नेलाई ‘राजनीतिक कारबाही’
बैठकले राष्ट्रिय ढुकुटी रित्याउने गरी कार्यकर्ता पोस्न धमाधम रकम बाँडिएकोमा गम्भीर आपत्ति जनाउँदै त्यस्तो काममा संलग्न हुनेहरूलाई नयाँ सरकार गठन भएपछि ‘राजनीतिक कारबाही’ गर्ने निर्णय गरेको छ । ‘कामचलाउ देउवा सरकारले राज्यको ढुकुटी रित्याउने गरी कार्यकर्ता पोस्न करोडौँ रुपैयाँ बाँडिरहेको छ, यसरी हिनामिना गरिएकोमा बैठकले आपत्ति प्रकट गरेको छ,’ गौतमले भने, ‘त्यस सन्दर्भमा नयाँ बन्ने सरकारले पुनर्मूल्यांकन गर्दै त्यस्तो काममा संलग्न हुनेलाई राजनीतिक कारबाही गर्ने निर्णय गरेको छ ।’

ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’
बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको छलफलको सिलसिला ‘ब्रिफिङ’ गर्दै वाम सरकार गठन र पार्टी एकता गरेरै छाड्ने संयुक्त प्रतिबद्धता जनाएका थिए ।

‘पार्टी एकता हुन्छ कि हुन्न भन्ने प्रश्नै छैन, यो ऐतिहासिक दायित्वबाट हामी पन्छिदैनौँ,’ दुवै नेताले बैठकमा जनाएको प्रतिबद्धता उद्धृत गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘पार्टी एकता र वाम सरकारकै नाममा ०१५ पछि सम्पन्न अहिलेसम्मको निर्वाचनमध्ये यसपटक झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धनलाई जनताले जिताएका छन्, त्यसैले हामी जनताको त्यो जनादेश र विश्वास टुट्न दिँदैनौँ, वाम सरकार गठन र पार्टी एकता गर्ने ऐतिहासिक दायित्वबाट दायाँ–बायाँ हुनेछैनौँ ।’

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न