अदालतको अपहेलनाको वात लागेका केसीले प्रधान न्यायाधीशलाई लगाए यस्ता ११ आरोप,आज पनि केसी थुनामै रहने



हाम्रो इकोनोमि

सर्वोच्च अदालतले मानहानीको मुद्दामा वरिष्ठ चिकित्सक प्रा डाक्टर गोविन्द केसीसँग आज बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो।

डा केसीले अदालतमा बयान दिँदै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई ११ वटा आरोप लगाए।

१ प्रधान न्यायाधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन। एउटा व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो। अनैतिक र गैर कानुनी त्यसैले निजमाथि न्यायिक छानविन गरी कारवाही गर्नुपर्छ।

२ नागरिकता २ ठाउँबाट लिएकामात्र छैनन्। उनले उमेर समेत सच्चाएका छन्। पछिल्लो पटक काठमाडौंबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधान न्यायाधीश पदमा आशिन छन्। तर, उनको शुरुको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन्। ६५ वर्ष पुग्दा पनि प्रधान न्यायाधीश पदमा बस्नु गैर कानुनी हो।

३ गोपाल पराजुलीले लोकमान सिंह कार्कीलाई मात्र सफाइ दिएनन्। सफाई दिएपछि आफ्ना नातेदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहाकार बनाए।

४ गोपाल पराजुली एसएलसी पास भएका छन् कि छैनन् भन्ने विवाद छ।
५ सार्वजानिक सञ्चार माध्यममा निज गोपाल पराजुलीको शैक्षिक योग्यता र प्रमाणपत्रको बारेमा प्रश्न उठेको छ। त्यसमा के छानविन भयो, कागजात पाउँ।

६ जग्गा प्लटिङ व्यावसायीलाई फाइदा हुने गरी निज पराजुलीले सरकारकारले लिएको नीति उल्टाइ फैसला गरे। यसबाट न्याय बेचियो।

७ क्यासिनो चलाए बापत तिर्नुपर्ने कर तिर्नु नपर्ने गरी मिनाह गराउने फैसला गरे।

८ निज गोपाल पराजुली प्रधान न्यायाधीश भएपछि भएका विभिन्न फैसलाहरु चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारीलाई प्रश्रय पुग्नुका साथै एनसेलले ६० अर्ब राजस्व नतिर्नुपर्ने भएको छ।

९ आफ्ना भान्जे ज्वाँइ नहकुल सुवेदीलाई ६/७ महिनाको अविधिमा मुख्य रजिष्ट्रार र मुख्य न्यायाधीश बनाएको।

१० सुशीला कार्कीलाई महाअभियोग लगाएको राति १० बजेर ३० मिनेटमा प्रधानन्याधीशमा पदबहाली गरेको।

११ जतातता गोपाल पराजुली त्यतात्यता मेडिकल कलेजका मुद्दा शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समाचारमा अवहेलना मुद्दा लगाए पनि कान्तिपुरले सफाई पाएको।

अदालतकाे मानहानी मुद्दामा पक्राउ परेर सर्वोच्च अदालत उपस्थित गराइएका डा गोविन्द केसीको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ।

आज डा केसीको बयान लिए पनि बहस भने हुन सकेन। डा केसीलाई आज थुनामै राखिने भएको छ।

डा केसीले अदालतमा बयानका क्रममा न्यायालयकाे अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै आफ्नो लडाइँ न्यायलयको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध भएको बताएका थिए।

उनले बयानमा भनेका थिए, ‘प्रधानन्यायाधीश गाेपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेराे लडाइँ हाे। मैले विज्ञप्ति मार्फत न्यायालयकाे अालाेचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियाे? अदालतकाे भ्रष्ट प्रवृत्तिविरुद्ध मेराे लडाइँ हाे, म त्यसमा अडिग छु।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...