डा गोविन्द केसीलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो यसमा मेरो असहमति छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुलाई विनाविभागीय बनाएपछि गृहको जिम्मेवारी देउवाले सम्हाल्दै आएका हुन् । निर्वाचनको बेला देशभर भएको बम विस्फोट, रुपन्देहीमा केही दिन अघि भएको युवा व्यवसायीको हत्यालगायतका घटनामा देउवा मौन बसे । उनको मौनतालाई धेरैले रहस्यमय भने ।

विभागीय जिम्मेवारी सम्हालेका देउवाले प्रहरी प्रशासनले प्रा.डा. गोविन्द केसीलाई अदालतमा उपस्थित गराउन पक्राउ गरेपछि भने असन्तुष्टि जनाएका छन् । ‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भनेका छन ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’ यसबाट देउवा कति निरिह रहेछन् भन्ने स्पष्ट हुन्छ ।

केसीलाई पक्राउ गरिएको अपजस लिन नचाहेर देउवाले प्रेस संयोजकमार्फत आफ्नो धारणा राखेको पनि हुन सक्छ । अर्कोतर्फ निर्णय कानुनसम्बत भए–नभएको अन्तिम व्याख्या गर्ने निकायप्रतिको अविश्वासको रुपमा पनि देउवाको यो अभिव्यक्तिलाई लिन सकिन्छ । जे होस्, देशमा शान्ति सुरक्षा कायम गराउने र विधिको शासन लागु गराउने जिम्मा पाएको कार्यकारी पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिन भने पक्कै मिल्दैन । यो त देउवाको पानी माथिको ओभानो हुने प्रयास मात्रै हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...