नाट्टामा शर्मा समूहको उम्मेदवारी



हाम्रो इकोनोमि

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ ।

नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बताउनुभयो ।

उहाँले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । सो अवसरमा शर्माले १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।

नाट्टाको ५१औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् ।

यसअघि सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

विश्व कीर्तिमानी फुर्वा तेन्जिङ शेर्पा हिम पहिरोमा बेपत्ता

    दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा पुरिएर सगरमाथाको...

उपल्लो मुस्ताङमा ५५० बढी पर्यटक रोकिए, सञ्चारसम्पर्क विच्छेद

    भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ...

प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा...