आँबुखैरेनी र गोरखामा एनआइसी बैंकको शाखा



हाम्रो इकोनोमि

एनआइसी एसिया बैंकले तनहुँ र गोरखामा शाखा बिस्तार गरेको छ ।

बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।

गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गर्नुभयो ।

बैंकले अब छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिकाअन्तर्गत वारीबेनीमा शाखा बिस्तार गर्ने जनाएको छ । बैंकले यसअघि लमजुङको बेंसीशहरमा शाखा खोलेको थियो । बैंकका हालसम्म देशभर १५९ वटा शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...