‘डा केसीलाई मानहानि मुद्दा लाग्छ भने हामीलाई पनि लगाऊ’



हाम्रो इकोनोमि

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ पर्नुभएपछि उहाँको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान ८ः०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

प्रा डा केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुग्नुभएका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रासससँग कुरा गर्दै निष्ठाको लडाईं लडिरहेका सादगी व्यक्तिलाई प्रक्राउ गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सग्रम स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हठात्मा प्रक्राउ गर्नुपर्ने कुनै कारण देखिँदैन, गिरफ्तार गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुन्छ, उहाँ आफैँ पनि सत्याग्रहमा हुनुहुन्छ त्यसैले उहाँलाई दण्डित गर्नुको अर्थ रहँदैन ।”

सत्य र सत्ताको लडाईंमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुने भएकाले आफू डा केसीको साथमा रहेको उहाँले बताउनुभयो ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रा डा केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “ श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।”

प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भन्नुभयो, “डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।” सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएकोे उहाँको भनाइ थियो ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताउनुभयो ।

“उहाँलाई रिहा गर्नै पर्छ, उहाँले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा केसीले बोल्नुभयो”– उहाँले भन्नुभयो ।

उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन शुरु गर्नुभएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अपहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो । डा केसीले चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि सोको विरोध गर्नुभएको हो ।

माइतीघरमा भएको भेलामा मुटु शल्यचिकित्सक डा रामेश कोइराला, नसासम्बन्धी सल्यचिकित्सक डा बसन्त पन्त, डा रवीन्द्र पाण्डे ९समीर०, नेपथ्यका गायक अमृत गुरुङ, हास्यकलाकार निर्मल शर्मा ९गैडा० लगायत सर्वसाधारण सहभागी हुनुहुन्थ्यो । आफ्ना मागसहित आमरण अनशन शुरु गर्नुभएका प्रा डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको छ भने अहिले उहाँलाई सर्वोच्च अदालतको मानहानिका विषयमा अदालतमा बहसका लागि उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...