रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि



हाम्रो इकोनोमि

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मस्र्याङ्दी, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...