सर्वाेच्चमा इजलाश सुरु नभए पछी केसीलाई एम्बुलेन्समै थुनियो,सर्वाेच्चमा उच्च सुरक्षा सर्तकता



हाम्रो इकोनोमि

अदालतको अपहेलना मुद्दामा बिहान साढे ८ बजे नै डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतमा उपस्थित गराइएपनि ११ बजेसम्म उनको बयान सुरु हुन सकेको छैन। डा.केसीले स्वास्थ्यमा असहजता महशुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको छ।

सामान्यतया १० बजे नै इजलाश सुरु हुनेमा आज सवा ११ बज्दा पनि इजलाश सुरु हुन सकेको छैन। इजलाश संचालनका लागि दुई पटक सर्वाेच्चमा फुलकोट बसिसकेको छ।

डा.केसीलाई प्रहरीको एम्बुलेन्समै राखेर सर्वाेच्च अदालतमा पुर्‍याइएको थियो। उनलाई सर्वाेच्च परिसरमै रहेको एम्बुलेन्समा राखिएको छ। केही समयपछि उनको बयानको तयारी सर्वाेच्चको छ। त्यसपछि उनको मुद्दामा बसह सुरु हुने छ।

आईओएमको डिन नियुक्तिसम्बन्धि फैसलामा डा.केसीले दिएको प्रतिक्रियाले अदालतको अपहेलना गरेको भन्दै उनलाई सर्वाेच्चको आदेशमा सोमबार प्रहरीले पक्राउ गरेको थियो।

सर्वाेच्चमा उच्च सुरक्षा सर्तकता
डा.केसीलाई अदालतमा उपस्थित गराएपछि सर्वाेच्च अदालत परिसर भित्र र बाहिर उच्च सुरक्षा सर्तकता अपनाइएको छ। अदालत आसपासमा ठुलो संख्यामा प्रहरी खटाइएको छ। अदालत बाहिर सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। सर्वाेच्चमा प्रबेशमा समेत सामान्य दिनमा भन्दा कडाई गरिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...