सर्वाेच्चमा इजलाश सुरु नभए पछी केसीलाई एम्बुलेन्समै थुनियो,सर्वाेच्चमा उच्च सुरक्षा सर्तकता



हाम्रो इकोनोमि

अदालतको अपहेलना मुद्दामा बिहान साढे ८ बजे नै डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतमा उपस्थित गराइएपनि ११ बजेसम्म उनको बयान सुरु हुन सकेको छैन। डा.केसीले स्वास्थ्यमा असहजता महशुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको छ।

सामान्यतया १० बजे नै इजलाश सुरु हुनेमा आज सवा ११ बज्दा पनि इजलाश सुरु हुन सकेको छैन। इजलाश संचालनका लागि दुई पटक सर्वाेच्चमा फुलकोट बसिसकेको छ।

डा.केसीलाई प्रहरीको एम्बुलेन्समै राखेर सर्वाेच्च अदालतमा पुर्‍याइएको थियो। उनलाई सर्वाेच्च परिसरमै रहेको एम्बुलेन्समा राखिएको छ। केही समयपछि उनको बयानको तयारी सर्वाेच्चको छ। त्यसपछि उनको मुद्दामा बसह सुरु हुने छ।

आईओएमको डिन नियुक्तिसम्बन्धि फैसलामा डा.केसीले दिएको प्रतिक्रियाले अदालतको अपहेलना गरेको भन्दै उनलाई सर्वाेच्चको आदेशमा सोमबार प्रहरीले पक्राउ गरेको थियो।

सर्वाेच्चमा उच्च सुरक्षा सर्तकता
डा.केसीलाई अदालतमा उपस्थित गराएपछि सर्वाेच्च अदालत परिसर भित्र र बाहिर उच्च सुरक्षा सर्तकता अपनाइएको छ। अदालत आसपासमा ठुलो संख्यामा प्रहरी खटाइएको छ। अदालत बाहिर सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। सर्वाेच्चमा प्रबेशमा समेत सामान्य दिनमा भन्दा कडाई गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...