सेयर बजारमा बाह्र अंकको वृद्धि, ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच



सेयर बजार परिसूचकमा बाह्र अंकको वृद्धि भएको छ। सोमबार सो अंकको वृद्धिसँगै नेप्से १४४३ अंकमा कायम भएको छ।

यस दिन १५७ कम्पनीको ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो। होटलबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक १७ अंकले घटेको छ। बैंकिङ ९, व्यापार १, विकास बैंक २, जलविद्युत ३, फाइनान्स ३, बिमा १२२, उत्पादन २, अन्य १२ र माइक्रोफाइनान्स उपसूचक २ अंकले बढे।

कारोबारका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २६ लाखको कारोबार भयो। कम्पनीको मूल्य पनि बढेर प्रतिकित्ता १८७५ कायम भएको छ।

नेपाल बंगलादेश बैंकको २ करोडको कारोबार भयो। एभरेष्ट, नविल तथा स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।

नाफाका आधारमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ। एसियन लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो। एनआइबिएल प्रगति फण्डको मूल्य साढे ५ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

सुनको भाउ घट्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ