सेयर बजारमा बाह्र अंकको वृद्धि, ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच



हाम्रो इकोनोमि

सेयर बजार परिसूचकमा बाह्र अंकको वृद्धि भएको छ। सोमबार सो अंकको वृद्धिसँगै नेप्से १४४३ अंकमा कायम भएको छ।

यस दिन १५७ कम्पनीको ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो। होटलबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक १७ अंकले घटेको छ। बैंकिङ ९, व्यापार १, विकास बैंक २, जलविद्युत ३, फाइनान्स ३, बिमा १२२, उत्पादन २, अन्य १२ र माइक्रोफाइनान्स उपसूचक २ अंकले बढे।

कारोबारका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २६ लाखको कारोबार भयो। कम्पनीको मूल्य पनि बढेर प्रतिकित्ता १८७५ कायम भएको छ।

नेपाल बंगलादेश बैंकको २ करोडको कारोबार भयो। एभरेष्ट, नविल तथा स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।

नाफाका आधारमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ। एसियन लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो। एनआइबिएल प्रगति फण्डको मूल्य साढे ५ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...