अनसन शिरोमणी गोविन्द केसी प्रधानन्यायाधीश बिरुद्द अनसन बस्दै,किन क्रुद्द भए केसी?



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनसन बसेका डा गोविन्द केसी आज दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन्।

डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै १४औं अनसनको घोषणा गरेका हुन्।

बर्खास्तमा परेका त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएपछि डा केसी अनसनमा बस्न लागेका हुन्। डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बस्ने बताएका छन्।

न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेका कामको छानबिन गर्नुपर्ने माग गरेका छन्।

डा केसीले सर्वोच्चले पुनर्वहाली गरेको नयाँ डीन डा शर्मालाई आफूले नमान्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...