अनसन शिरोमणी गोविन्द केसी प्रधानन्यायाधीश बिरुद्द अनसन बस्दै,किन क्रुद्द भए केसी?



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनसन बसेका डा गोविन्द केसी आज दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन्।

डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै १४औं अनसनको घोषणा गरेका हुन्।

बर्खास्तमा परेका त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएपछि डा केसी अनसनमा बस्न लागेका हुन्। डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बस्ने बताएका छन्।

न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेका कामको छानबिन गर्नुपर्ने माग गरेका छन्।

डा केसीले सर्वोच्चले पुनर्वहाली गरेको नयाँ डीन डा शर्मालाई आफूले नमान्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...