प्रदेशको राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह,को प्रति पूर्वाग्रह राख्दै देउवाले यति सम्म गरे?



हाम्रो इकोनोमि

हेमराज निरौला

राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारसँग आग्रह गरेकी छन्।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले संविधानको परिधिभित्र रहेर आफ्नो काम–कारबाहीलाई अघि बढाउन आग्रह गरेकी हुन्।

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। सो क्रममा राष्ट्रपति भण्डारीले सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन्।

प्रधानमन्त्री देउवाले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै हाललाई अस्थायी राजधानी तोक्ने तयारी मात्र गरेको जानकारी गराए।

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई औपचारिक जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...