प्रदेशको राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह,को प्रति पूर्वाग्रह राख्दै देउवाले यति सम्म गरे?



हाम्रो इकोनोमि

हेमराज निरौला

राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारसँग आग्रह गरेकी छन्।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले संविधानको परिधिभित्र रहेर आफ्नो काम–कारबाहीलाई अघि बढाउन आग्रह गरेकी हुन्।

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। सो क्रममा राष्ट्रपति भण्डारीले सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन्।

प्रधानमन्त्री देउवाले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै हाललाई अस्थायी राजधानी तोक्ने तयारी मात्र गरेको जानकारी गराए।

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई औपचारिक जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...